माओबादी नेता बर्षमान पुनको स्वास्थ्य अवस्था बिग्रदो, बैंककमा उपचार नसकेर चिन लगियो , काठमाण्डौमा महामृत्युञ्जय पाठ — OSNepal

माओबादी नेता बर्षमान पुनको स्वास्थ्य अवस्था बिग्रदो, बैंककमा उपचार नसकेर चिन लगियो , काठमाण्डौमा महामृत्युञ्जय पाठ

LC (KTM) November 27, 2021 0

माओबादी नेता बर्ष मान पुनः को स्वास्थयमा सुधार हुने कुनै संकेत देखिएको छैन । उनलाई गम्भीर खालको ‘लिभर सिरोसिस’ले ग्रस्त बनाएको छ । पनको दुई महिनासम्म बैँककको समितिभेज अस्पतालमा उपचार गरियो । तर पनि केहि बिसेक हुने छाँट नदेखिए पनि फेरी उनलाई थप उपचारका लागि चीनस्थित एक अस्पताल तर्फ लगिएको छ।

नेता पुनलाई अहिले चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा राखिएको सचारमाध्यमहरुले जनाएका छन् । उनका साथमा पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला पनि संगै रहेका छन्। उनीहरु शुक्रबार सेन्जेन पुगेका हुन्। उनलाई गत असोज १३ गते उपचारका लागि बैँककको समितिभेज अस्पतालमा लगिएको थियो ।

उनलाई पटक पटक लिभरसम्बन्धी जटीलता आईरहेको छ । यसअघि पुनको बैँकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनको स्वास्थ्य राम्रो भएपछि सामान्य जीवनमा फर्केका पुन फेरि अस्वस्थ भएका थिए । उनको स्वास्थयमा कुनै सुधारको संकेत नदेखिए पछि काठमाडौँमा महामृत्युञ्जको जप पनि लगाइएको छ । पुनको पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्य रक्षाका लागि ईश्वरसँग प्रार्थना गर्न महामृत्युञ्जयको पाठ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर