माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज तथा केन्द्रिय सदस्य समेत रहेका बन्जाडेको सडक दुर्घटनामा मृत्यु — OSNepal

माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज तथा केन्द्रिय सदस्य समेत रहेका बन्जाडेको सडक दुर्घटनामा मृत्यु

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । मोटरसाइकल दुर्घटनामा परि नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज तथा केन्द्रिय सदस्य समेत रहेका रामप्रसाद बन्जाडे (टंकमणी) को मृत्यु भएको छ ।

गएराति बुटवलको जीतगढीमा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा भने गम्भिर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर