माओवादी नेता शक्ति बस्नेत दम्पतिलाई कोरोना संक्रमण — OSNepal

माओवादी नेता शक्ति बस्नेत दम्पतिलाई कोरोना संक्रमण

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत दम्पतीलाई कोरोना संक्रमण भएको छ । बस्नेतकी पत्नी सत्या पहाडीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’ पहाडीले लेखेकी छन् ।

माओवादीको आठौं महाधिवेशन पछि अध्यक्ष प्रचण्डसहित धेरै नेता तथा कार्यकर्ताहरुलाई कोरोना संक्रमण भएको छ ।

नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल लगायत प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहलाई समेत कोरोना सक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर