माओवादी महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका, आइतबार मतदान हुँदै — OSNepal

माओवादी महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका, आइतबार मतदान हुँदै

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नकेपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले अहिले बेलुका ८ बजेबाट १०ः३० सम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुने भएको छ । साथै साढे १० बजेबाट उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गरिने भएको छ ।

भोली पौष १८ गते भने साढे ११ बजेदेखि ४ बजेसम्म मतदान हुने निवार्चन आयोगले जनाएको छ । यता केन्द्रीय समिति चयन गर्ने विषयमा भने सहमतिको लागि छलफल भइरहेको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनको लागि भोली निर्वाचन हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर