माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको हो : उपेन्द्र यादव — OSNepal

माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको हो : उपेन्द्र यादव

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा उनले एमालेलाई लक्षित गर्दै संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।

‘माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हुँदैनथ्यो,’ यादवले भने । एमालेलाई लक्षित गर्दै भने संसदमा अवरोध गर्नुको कुनै तुक छैन’ ।

प्रचण्डको कुशल कमाण्डमा माओवादी अगाडि बढ्ने बताएका उनले राजनीतिक उपलब्धीहरुको रक्षाको लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको बताएका छन् ।

यो पनि…
संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने जिकिर गर्दै यादवलले एमालेलाई लक्षित गर्दै भने संसदमा अवरोध गर्नुको कुनै तुक छैन

काठमाडौं ११ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अयादवले यस्तो बताएका हुन् ।

यस्ता धरापमा परेका राजनीतिक उपलब्धीहरुको रक्षाको लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको उनले बताएका छन् ।

माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको बताएका उनले संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले एमालेलाई लक्षित गर्दै संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।

बै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने अध्यक्ष यादवले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर