माघी पर्वकाे दुई दिन बिदा — OSNepal

माघी पर्वकाे दुई दिन बिदा

LC (KTM) January 14, 2022 0

धनगढी, ३० पुस-सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भाेलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो ।

१९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारदे यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर