मात्र दुई मिनेट समय लागेर यसरी चम्काउनुहोस् आफ्नो दाँत — OSNepal

मात्र दुई मिनेट समय लागेर यसरी चम्काउनुहोस् आफ्नो दाँत

LC (KTM) November 26, 2021 0

हरेक मानिस आफ्नो प्रभाव अरुमा राम्रो परोस् भन्ने चाहन्छ । यसको लागि अन्य कुराजस्तै सफा र चम्किलो दाँतको पनि महत्वपूर्ण भूमिका हन्छ । सेतो र चम्किलो दाँतसहितको तपाईको शक्तिशाली मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्नुहुन्छ । सुन्दर देखिन चाहनुहुन्छ तर हाँस्नासाथ मानिसहरुले तपाईको पहेंलो दाँतको सामना गर्नुपर्छ, के होला अवस्था ?किनकी दाँत सफा नहुने मानिसको चेहराले अन्य मानिसलाई प्रभाव पार्न सक्दैन । दाँतकै कारण कतिपय मानिसहरु आत्मविश्वास गुमाउँछन् खुलेर हाँस्न सक्दैनन् ।

यहाँ हामी दुई मिनेटमै दाँत चम्काउने घरेलु उपायबारे जानकारी दिनेछौं । तर यो उपचार विधि दैनिक गर्नु हुँदैन

सामग्री :चम्चा बेकिङ्ग सोडा चम्चा कागतीको रस
विधि/प्रयोग :–बेकिङ्ग सोडालाई एउटा कचौरामा राखेर यसमा कागतीको रस मिसाउनुहोस् ।

जब यो मिश्रण राम्रोसँग तयार हुन्छ यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दाँतमा लगाउनुहोस् ।

सबै दाँतमा यो मिश्रण लगाएको दुई मिनेटपछि दाँतलाई पानीले सफा गर्नुहोस् ।

यसपछि एेना अगाडि जानुहोस्, तपाईको पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ । अब निर्धक्कसँग मुस्कुराउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर