माधव नेपाललाई प्रधानमन्त्री बनाउन ४१ सांसदहरुको हस्ताक्षर — OSNepal

माधव नेपाललाई प्रधानमन्त्री बनाउन ४१ सांसदहरुको हस्ताक्षर

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टीका ४१ जना प्रतिनिधि सभाको सांसदले साथ दिने भएका छन् । नयाँ सरकारको गठनको लागि नेपाललाई अघि सारी हस्ताक्षर समेत गरेको बुझिएको छ । हस्ताक्षर गर्नेमा प्राय सबै प्रत्यक्ष निवार्चित सांसद रहेको पनि एक नेताले बताएका छन् ।

२८ सांसद आफ्नो पक्षमा भन्दै आएका नेपाललाई यसित बेला ४१  सांसदहरुले साथ दिएको बुझिएको छ । नेपाललाई प्रधानमन्त्री बनाउन उनका विश्वास पात्रहरु लागि परेका छन् ।
हाल संसदमा २६७ सांसद रहेकोमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य संख्या पुग्छ । यदि ,यो अवस्थामा माधव नेपाल समूहले ४१ सांसद पुर्याएको भने विपक्षी गठबन्धनमा १६७ सदस्य संख्या पुग्छ । जुनबाट बहुमतको सरकार बन्न सक्छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर