माधव नेपालसहित यी २२ जना सांसदहरुलाई अध्यक्ष ओलीको २४ घण्टे अल्टिमेटम — OSNepal

माधव नेपालसहित यी २२ जना सांसदहरुलाई अध्यक्ष ओलीको २४ घण्टे अल्टिमेटम

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । नेकपा एमालेको अजा बसेको १० औँ केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल सहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुरलाई हिजो आइतबार विश्वासको मत दिने सांसदहरुलाई पार्टीले स्पष्टिकरण सोध्ने निणर्य गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकमा माधव कुमार नेपाल, विरोध खतिवडा, मेटमणि चौधरी, गोपाल बम, भवानी खापुङ, कलिला खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, प्रमे आले, विनादेवी बुढाथोकी, किसान श्रेष्ठ, समिना हुनेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण कायस्थ, निरा जैरु, पार्वती विसंखे, हिराचन्द केसी र कृष्णलाल महर्जनलाई २४ घण्टे अल्टिमेटम दिन्दै स्पष्टिकरण सोधिने भएको हो ।

आज सोमबार ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा सम्पन्न भएको बैठकमा एमालेले यस्तो निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर