मालीमा सात शान्ति सैनिक मारिए,तीनजना गम्भीर घाइते — OSNepal

मालीमा सात शान्ति सैनिक मारिए,तीनजना गम्भीर घाइते

LC (KTM) December 09, 2021 0

बामाको २३ मङ्सिर -मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्माका ७ जना सैनिक मारिएको बताइएको छ । बुधबार ती सैनिक मालीको राजधानी बामाकोनजिकै भएको आक्रमणमा मारिएका हुन् । सो आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।

मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो । सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ । जसमा परेर कैयौँ सैनिक मारिएका छन् । सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गर्नुभएको छ । उहाँले शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताउनुभएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर