मिका सिंहको नेपाली गीत ‘बोतलको बिर्को’मा आर्यन, पल र दुर्गेश (भिडियो) — OSNepal

मिका सिंहको नेपाली गीत ‘बोतलको बिर्को’मा आर्यन, पल र दुर्गेश (भिडियो)

LC (KTM) October 11, 2021 0

काठमाडौं। भारतका प्रख्यात गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको विर्को’ बोलको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ ।

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको गीतको भिडियोमा नेपाली चलचित्रका दुई चर्चित नायक आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको पनि अभिनय छ । भिडियोमा आर्यनको जोडी एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ । भिडियोमा उनीहरुको नृत्यले ध्यान खिच्छ ।

दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सह निर्माताको रुपमा छिन् । सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् ।

भिडियोका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए । उनी यो गीतको अडियो र भिडियो निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर