मिडियामा बिहे बिहे भन्दै हिडेकी अभिनेत्री सोनाक्षी सिन्हाले पहिलो पटक सार्वजनिक गरिन प्रेमि — OSNepal

मिडियामा बिहे बिहे भन्दै हिडेकी अभिनेत्री सोनाक्षी सिन्हाले पहिलो पटक सार्वजनिक गरिन प्रेमि

LC (KTM) December 30, 2021 0

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जहीर इकबालसँग प्रायः देखिने गर्छिन् । उनी आफ्नो आगामी फिल्म डबल एक्सएलमा जहीरको अपोजिटमा देखिने छिन् । हालै जहीरले इन्स्टा स्टोरीमा सोनाक्षीसँगको तस्बिर सेयर गरेका छन्, जसमा दुवैजना भिक्टोरी साइनसँग सेल्फी लिइरहेका छन् । तस्वीर शेयर गर्दै जहीरले ‘डिसेम्बरिङ’ लेखेका छन् ।

हालै सोनाक्षीले जहीरको जन्मदिनमा एक थ्रोब्याक तस्विर सेयर गर्दै लेखेकी छिन्,– ह्याप्पी बर्थडे, तिमी यस संसारको सबैभन्दा डिस्टर्ब गर्ने व्यक्ति हौ । साथै यो संसारको सबैभन्दा अचम्मको मान्छे तिमी हौ, यो कसरी सम्भव छ तिमी यस्तोहुन सक्यौ । जन्मदिनको शुभकामना। सोनाक्षी र जहिर प्रायः आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गरेका छन् ।

दुबैलाई हेर्दा उनीहरु एकअर्कासँग रिलेशनशिपमा छन् भन्ने लाग्छ, तर सोनाक्षीले जहीरलाई आफ्नो सबैभन्दा मिल्ने साथी मात्र भन्दै यसलाई अस्वीकार गर्दै आएकी छिन् । एक अन्तर्वार्तामा सोनाक्षीले यी सबै कुरा अफवाह मात्र भएको बताइन् । उनले भनिन्–जहीर मेरो सबैभन्दा मिल्ने साथी हो । हामी यो समाचारमा हाँस्छौं किनभने यो हास्यास्पद छ। हामीले डबल एक्सएलमा सँगै काम गरेका छौं। म उनलाई एक अभिनेताको रूपमा प्रशंसा गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर