मिथुन चक्रवर्तीको डिस्को डान्सरका निर्देशक लाई आर्थिक संकट , पत्नी जिवन मरणको दोसाँधमा , उपचारका लागि छैन पैसा — OSNepal

मिथुन चक्रवर्तीको डिस्को डान्सरका निर्देशक लाई आर्थिक संकट , पत्नी जिवन मरणको दोसाँधमा , उपचारका लागि छैन पैसा

LC (KTM) November 19, 2021 0

बलिउडका कैयौ सेलिब्रेटीहरु एकदमै ठुलो सफलता पाएर पनि दुःख र दर्दले भरिएको जिन्दगी जिउन बाध्य रहेका छन् । यस्तै सेलिब्रेटीहरु मध्ये एक हुन् बी सुभाष । बी सुभाष ८० को दशकको एकदमै चर्चित र मानिएका निर्माता तथा निर्देशक रहेका छन् । उनलाई राम्रो लेखकको रुपमा समेत चिनिन्छ ।

अफसोच त यो छ कि बलिउडको डिस्को डान्सर जस्तो सुपरहिट फिल्म दिने यी निर्देशक आज आर्थिक अवस्था कमजोर भएका कारण दयनिय जिवन बिताईरहेका छन् । आफ्नो फिल्मी करियरमा उनले १८ भन्दा बढी फिल्मको निर्देशन गरेका छन् । तर पनि आज उनी आफ्नो पत्नीको उपचारका लागि सबैको घरको ढोका ढकढकाउन र घिड्घिडाउन बाध्य रहेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार बी सुभाषकी ६७ बर्षिया पत्नीलाई फोक्सोमा समस्या रहेको छ । यदि पैसाकै कारण उनको उपचार हुन सकेन भने उनको मृत्यु समेत हुने चिकित्सकहरुले बताएका छन् । उनले आफ्नो पत्नी तिलोत्तमाको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचार गराईरहेका छन् ।

चिकित्सकका अनुसार उनको पत्नीको उपचारका लागि ३० लाख रुपैया आवश्यक पर्नेछ । आफ्नी आमाको उपचारको लागि छोरी श्वेताले केटोमा धेरै ब्यक्तिहरु संग आर्थिक सहयोगका लागि अनुरोध समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर