मिर्गौलासम्बन्धी रोग निको पार्छ सुन्तलाले, जान्नुहोस सुन्तला र सुन्तलाको बोक्राका अन्य फाइदाहरु — OSNepal

मिर्गौलासम्बन्धी रोग निको पार्छ सुन्तलाले, जान्नुहोस सुन्तला र सुन्तलाको बोक्राका अन्य फाइदाहरु

LC (KTM) November 25, 2021 0

काठमाडौ- सुन्तला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । यसको सेवन प्राय मानिसहरुले गरेको हुन्छन् । यो भिटामिन सि को भण्डार हो ।धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको गुदि मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ ।सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ ।

दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ । थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ  यसको सेबनले मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गछृ । सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको गुदि मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । भनेर सुन्तलाको बोक्राले अनुहार सुन्दर बनाउन काम समेत गर्दछ ।

कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ । अनुहारमा दाग, धब्बा भएको छ भने सुन्तलाको बोक्रा पिधेर लगाउदा निकै लाभदायिक हुन्छ ।अनुहारमा बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हटेर जाने हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर