मिस वर्ल्डका लागि नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गर्दै — OSNepal

मिस वर्ल्डका लागि नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गर्दै

LC (KTM) November 18, 2021 0

नेपालले प्रत्येक बर्ष मिस वल्र्डमा सहभागिता जनाउँदै आएको छ । तर कहिले पनि चित्त बुझ्दो उपलब्धि हाँसिल गर्न भने सकेको छैन । मिस नेपाल श्रृंखला खतिवडाले नेपालका तर्फ बाट केही आशा देखाएकी थिईन् । तर पनि उनले उपाधी हात पार्न सकिनन् । यो सिलसिला प्रत्येक बर्ष चलिनै रहेको छ ।

यसैक्रममा मिस नेपाल नम्रता श्रेष्ठ आउने शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका प्रस्थान गर्ने भएकी छिन् । यस पटक अमेरिकाको सान जुआन, पोर्टो रिकोमा मिस वर्ल्डको आयोजना हुन लागि रहेको छ । मिस वल्र्डमा सहभागिता जनाउनका लागि नम्रता नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् ।

यसको जानकारी मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले एक कार्यक्रमको आयोजना गरेर दिएको हो । कार्यक्रममा नम्रताले ५० लाख लगानीमा धादिङमा निर्माण गरेको पुलसम्बन्धी डकुमेन्ट्र देखाइएको थियो । नम्रताले मिस वल्र्डमा कस्तो प्रस्तुती दिने हुन त्यो भने हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर