मुख्यमन्त्रीलाई रुँदै अग्नि पिडितले भने सरकार दिएको राहत कता राखौ ? — OSNepal

मुख्यमन्त्रीलाई रुँदै अग्नि पिडितले भने सरकार दिएको राहत कता राखौ ?

LC (KTM) November 18, 2021 0

नृपेन्द्र बहादुर मल्ल/मुगु-सदरमुकाम गमगढी स्थित तल्लो बजारमा सोमबार राति १२ बजे आगलागी हुदा २१ घर सहित बहालमा बसेको ५५ गरी ७६ घर परिवारका अग्नि पिडितहरुले कसैले दिएको राहत राख्ने ठाँउ समेत नभएको भन्दै रुदै गुनासा पोखेका छन ।बुधबार गैर खाध्य सामग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम गमगढी पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रि जीवन बहादुर शाही र भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्र बहादुर शाहीलाई आगलागी पिडितहरुको दिएको राहत कता राखौ सरकार भनेर रुदै जवाफ मागेका हुन ।

 आगलागी भएको स्थान निरिक्षणमा पुगेका मुख्यमन्त्रि शाही सहितको टोलीलाई अग्नि पिडितहरु आगो निभाउने पानी समेत ब्यवस्था नभएको बिजुली र संचार सेवा समेत अबरुद्ध भएको भन्दै आक्रोस पोखेका थिए ।आगलागी भएको स्थान निरिक्षण पश्चात पिडितहरुसंग गरिएको छलफल कार्यक्रममा प्राय सबै पिडितले क्रण सापटी गरेर बनाएको घर तथा अन्य ब्यवसायका पसल एक छिनमै खरानी भई घरबार बिहिन भएपछी तत्काल कसैले राहत उपलब्ध गराएको भएपनी राख्ने ठाँउ छैन पकाउने भाडा छैन । ढुङ्गा माटो पञ्छाउदा लगाउने मास्क समेत उदारो मागेर लगाउने परेको शरिरमा लगाउने लुगाफाटो समेत साथी भाईले दिएर लगाउनु परेको तत्काल प्रदेश सरकारले घर निमार्ण गर्न सहयोग गरीदिन अग्नि पिडित छिरिङ लामाले रुदै गुनासो पोखे ।

मुख्यमन्त्रि शाही समक्ष सबै अग्नि पिडितहरुले चाडो भन्दा चाडो बासका लागी ब्यवस्था गरिदिन भन्दै रुदै आग्रह गरी अभिबावकको भुमिका निर्बाह गर्न पिडितहरुले आग्रह गर्दा कार्यक्रममा सहभागिका आँखाबाट आसु झारेका थिए ।राहत ल्याएर आएका मुख्यमन्त्रि शाहीले अग्नि पिडितहरुका लागी प्रदेश सरकारले गैर खाद्य सामग्री ल्याई पुराएको छ । यि सामानको बितरण प्रक्रिया प्रशासनले गर्ने बताउनु भयो । प्रदेश सरकारले तत्काल आगलागी भएको स्थानमा खानेपानी बिधुत, संचार सेवा उपलब्ध गर्नका लगी प्रदेश मातहतका कार्यलयलाई निर्देशन गरी सकेको साथै आगलागीबाट क्षेति भएका घर निमार्णका लागी प्रदेश सरकारले प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता समेत गर्नु भएको थियो ।

आगलागीले घरबार बिहिन भएका परिवारलाई तत्काल राहतका लागी जिल्ला बिपद ब्यवस्थापन समिती मार्फत गैर खाद्यय सामग्री उपल्बध गराउन थालेका भएपनी उनिहरुको चिन्ता ति सामग्री कहाँ राख्ने भन्ने देखिएको छ । टेण्ट हालेर बस्ने ठाँउ समेत नभएपछी सबै प्रदेश तथा स्थानिय सरकारलाई घर निमार्णको पहल गर्न पिडित पिडित ठिल्ले लामाले आग्रह गरेका छन ।कति दुख्ख गरी बनाएको घर एक छिनमै खरानी भयो पतिको मृत्यु पछी जसो तसो गरी टुहुरा बाल बच्चा यही घरमा पालेको थिए । अहिले आगोले घर पुर्ण रुपले क्षेति बनाएपछी म टुहुरा बच्चा लगेर कहाँ जाने सरकारले घर निमार्ण गरे बच्चाको पालन पोषण हुने अग्नि पिडित एकल महिला झोवा लामाले भन्नुभयो ।

सोमबार राति भएको आगलागीले ७६ घर परिवार घरबिहीन भएपछी ति घर परिवारले बजारमा तत्कालै कोठा भाडा समेत पाउन मुस्किल भएको छ । उनिहरुलाई प्रदेश सरकाले आधुनिक खालका टेन्ट सहित अन्य न्यानो कपडा ल्याएको भएपनी टेण्ट कहाँ बनाउने र ति सामग्री कहाँ राख्ने चिन्ता रहेको छ ।जिल्ला विपत व्यवस्थापन समितीले अग्नी पिडित परिवारका लागी स्थानिय सरकारलाई खाना,बस्न प्रदेश र संघिय सरकारलाई घर पुर्ननिमाण र व्यवसायीलाई उचित राहत उपलब्ध गराई दिन दिन गदैै अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताउनु भयो ।

आगलागीबाट पृथ्वीजङ्ग शाह,छत्त बहादुर मल्ल,गुरु तामाङ्ग (तोर्चे तामाङ्ग,डुवा साङ्गमु तामाङ्ग),ठिल्ले लामा(छिरिङ्ग लामा,सोनाम नुर्वु लामा),मिन्डिक लामा,तोर्चे तामाङ्ग(तेन्जिन सेराप लामा ) टासी तामाङ्ग,गोमा मल्ल,ईन्द्रा मल्ल,दिप बहादुर मल्ल(तिन टहरा),याङ्गग्याल लामा,झोम्वा लामा,जनक बहादुर मल्ल,दान बहादुर हितान,जान बहादुर हितान,रतन बहादुर शाही,सुवास मल्ल( आम्सिक),राज बहादुर शाही(आम्सिक)कुशलाल सावतका घरहरु र ति घरहरुमा व्यवसाय गरेर,बहालमा बसेका ५५ जनाको व्यापारिक लगायत अन्य सामानहरु खरानी भएका थिए । प्रहरी रिर्पोट अनुसार आगलागीबाट घरहरुको २१ करोड र बहालवालहरुको १३ करोड बराबरको भौतिक सम्पती खरानी भएको प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्राईले बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर