मुख्यमन्त्री राउतको यस्ता प्रकरणविरुद्ध उभिदा आफु बर्खास्तमा परियो : मन्त्री रामनरेश राय — OSNepal

मुख्यमन्त्री राउतको यस्ता प्रकरणविरुद्ध उभिदा आफु बर्खास्तमा परियो : मन्त्री रामनरेश राय

LC (KTM) November 16, 2021 0

जनकपुरधाम ३० कात्तिक । राजीनामा दिन नमान्दा बर्खास्त परेका प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले आफुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दा आफुलाई बर्खास्त गरिएको खुलासा गरेका छन् ।

मंगलबार मुख्यमन्त्री राउतले आफुसँग राजीनामा मागे पनि आफुले नदिएको कारण आफु बर्खास्तमा परेको खुलासा गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा ‘बेटी पढाऔं, बेटी बचाऔँ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको भन्दै छापा मारेपछि आफुले राउतको राजीनामा माग गरेको बताएका उनले साइकल खरिदमा अनियमितता भएको प्रकणमा विरुद्ध उभिदा आफु बर्खास्तमा परेको स्पष्ट पारेका हुन् ।

उनको स्थानमा अब नेकपा एकिकृत समाजवादी पार्टीको नेतालाई नियुक्त गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर