मुगुकाे खाध्यन्न गाेदाम रित्तिनै लागे, भोकमरी निम्तिने अवस्था — OSNepal

मुगुकाे खाध्यन्न गाेदाम रित्तिनै लागे, भोकमरी निम्तिने अवस्था

LC (KTM) November 14, 2021 0

मुगु, २८ कात्तिक- हिमाली जिल्ला मुगुका खाध्यन्न गाेदाम रित्तिनै लागेका छन् । गाेदाम रित्तिन लागेसँगै स्थानीयले जिल्लामा खाध्यन्न अभावकाे आशंका गर्न थालेका छन् ।

गमगढीमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल एक सय ६८ क्विन्टल मात्र चामल मौज्दात रहेकाे कार्यालयले जनाएकाे छ । माैज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था आएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका निमित्त शाखा प्रमुख पुस्कर भामले बताए । सदरमुकाम गमगढीबाट हाल दुई प्रकारका चामल बिक्री भइरहेका छन् । जसमा जिरा मसिनाे चामल ६५ क्विन्टल, जापानिज मोटो चामल एक सय क्विन्टल र तीन क्विन्टल दाल मात्रै गाेदाममा मौज्दात छ । एक सय ६८ क्विन्टल चामलबाटै बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ ।

जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा बढिदेखि रित्तिसकेका छन् । जिल्लामा खाद्यान्न अभाव भइ भोकमरीकाे अवस्था सिर्जना भएकाले शाखा कार्यालय मुगु बाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाण्डौं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटक पटक पत्र काट्दा समेत कुनै सुनुवाई नगरेको निमित्त शाखा प्रमुख भामको भनाइ छ ।

श्रीकोट डिपो केन्द्रमा ६० क्विन्टल चामल भर्खरै पुगिसकेको र त्यो चामल पनि केही दिनसम्म मात्र हुने भामको भनाइ छ । साथै यसवर्षको कात्तिक महिनामा परेकाे अविरल वर्षाका कारण यहाँका किसानको खेतीपाती पनि उत्पादनमा कमी आउनु र उत्पादन भएको बाली पनि गतिलो नहुनाले छाक टार्न समस्या हुनुका साथै गाेदममा चामल रित्तिएपछि भोकमरी निम्तिने अवस्था आएको छायानाथ रारा नगरपालिका वडा नं ५ का सिंहराज बिकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर