मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो — OSNepal

मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो

LC (KTM) January 05, 2022 0

मुगु, २१ पुस । मुगुमा हिजोआज किसानलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले यसवेला किसानले स्याउका बोट काँटछाँट गर्ने गरेका छन् ।

हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान स्याउको बोट बिरुवाको काँटछाँटमा व्यस्त भएका हुन् ।

यस वर्ष समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । विगतका वर्षहरुमा असिना पानीले स्याउ उत्पादनमा ह्रास आएको थियो भने उत्पादनमा पनि कमी रहेको थियो । मुगुमा यो वर्ष समयमै हिमपात भएपछि स्याउ उत्पादनमा केही फड्को मार्ने छायाँनाथ रारा नगरपालिका–४ का सफल युवा कृषक मणिचन्द्र भामले बताए ।

उनका अनुसार विगतदेखि नै कृषि खेतीमा संलग्न छु, कृषि क्षेत्रबाटै जीविकोपार्जन गर्न सहयोग पुगेको छ । गएको वर्ष असिना पानीले गर्दा स्याउ उत्पादनमा केही कमी आएको थियो भने यस वर्ष समयमै हिमपात भएकाले उत्पादनमा वृद्धि हुने किसानको अपेक्षा छ ।

मुगुको ताल्चा, बाम, रोवा , खमाले, सेरी, श्रीकोटलगायतका क्षेत्रलाई स्याउको पकेट क्षेत्र मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर