मुस्ताङको कोवाङमा गयो ठूलो हिम पहिरो — OSNepal

मुस्ताङको कोवाङमा गयो ठूलो हिम पहिरो

LC (KTM) November 15, 2021 0

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरकोट माथिको जङ्गलमा हिउँ पहिरो गएको छ । धवलागिरि हिमालको फेदीस्थित उक्त स्थानमा बिहान ११.४० बजे पहिरो गएको थासाङ–२ का वडाध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिनुभयो । पहिरो गएको स्थानसम्म पुग्न मुस्ताङको सदरमुकाम जोमसोमबाट एक घण्टाभन्दा बढी लाग्दछ ।

पहिरो गएको स्थानमा सङ्घीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्यहरू चन्द्रमोहन गौचन र महेन्द्र थकाली, स्थानीय जनप्रतिनिधि, प्रहरीसहितको टोली पुगी त्यहाँको क्षतिबारे जानकारी लिएको छ । हिमपहिरोका कारण स्थानीय सकेन्द्र गौचन र भीम थकालीका १२० वटा चौँरी हराउनुका साथै अन्य केही व्यक्तिको पशुवस्तुमा पनि क्षति पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर