मुस्ताङस्थित मानापाथी हिमालमा हिमपहिरो,भागदौडमा नौ जना घाइते — OSNepal

मुस्ताङस्थित मानापाथी हिमालमा हिमपहिरो,भागदौडमा नौ जना घाइते

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । मुस्ताङमा हिमपहिरो गएको छ । जिल्लाको कोबाङ क्षेत्रमा पर्ने मानापाथी हिमालबाट ठूलो हिमपहिरो जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

हिमपहिरो गएपछि    मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका   शिक्ष विद्यार्थी  भाग्ने क्रममा नौ जना  घाइते भएको  प्रहरीले जनाएको  छ  ।   क्षतिको विवरण भने  नआएको प्रहरीले  जनाएको  छ  ।

सदरमुकामदेखि २५ किलोमिटर टाढा रहेको उक्त स्थानमा प्रहरी टोली जाँदै गरेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ भने विद्यालयमा भने कुनै असर नपरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर