मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाख भन्दा बढीको उपचार — OSNepal

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाख भन्दा बढीको उपचार

LC (KTM) November 17, 2021 0

झापा-प्रदेश नं १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७ हजारभन्दा बढीको उपचार गरेको छ ।स्थापनाको २५औँ वर्षगाँठका अवसरमा आज बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ । दुई सय शय्याको अस्पतालमा अहिले १४ चिकित्सकसहित २१५ कर्मचारी कार्यरत छन् । अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल, आसाम, मणिपुर, विहारलगायत राज्यबाट दैनिक सयौँको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको डा पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।

विसं २०५३ मा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र अग्रणी अस्पतालका रूपमा स्थापित हुनपुगेको छ । करिब १२ वर्ष साविक चारपाने–१ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरिएको सो अस्पताल २०५७ सालमा आफ्नै भवनमा सरेको हो । झापामा आँखाका रोगीको बढ्दो सङ्ख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो सङ्ख्यामा भारतीय बिरामीसमेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई सहयोग गरेको थियो ।

विसं २०५७ मा फाउण्डेशनले बिर्तामोड–३ सैनिकमोडमा तीन बिघा १७ कठ्ठा ६ धुर जमिन खरिद गरी सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको हो । भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणसमेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका बिरामीको उपचार गर्दै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर