मेरा खुट्टा तान्ने अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेका छन् : अध्यक्ष ओली — OSNepal

मेरा खुट्टा तान्ने अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेका छन् : अध्यक्ष ओली

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनुपर्ने बताएका छन् ।

‘जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनुपर्छ,’ ओलीले भने, ।

आफुहरु अब चुनावको तयारीतर्फ जाने बताएका ओलीले चुनावमा एकल बहुमत ल्याउई बाँकी रहेका विकासका कामलाई पुर्णता दिने दावी समेत गरेका छन् ।

ओलीले माधव नेपाललार्य लक्षित गर्दै मेरा खुट्टा तान्ने अहिले प्रधानमन्त्री देउवाको खट्टा तानिरहेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर