मेरिल्याण्डमा गाडीको ठक्करबाट मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान — OSNepal

मेरिल्याण्डमा गाडीको ठक्करबाट मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान

LC (KTM) November 24, 2021 0

विजय थापा । मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । डिसी क्षेत्रको डब्लुयुएसए९ डटकमले समाचार अध्यावधिक गर्दै उनको नाम उल्लेख गरेको छ । नेपाल झापा घर भएकी खड्काको बिबाह प्रसाईसंग भएको थियो । स्व प्रसाईका थुप्रै आफन्तहरु अमेरिकामा रहेका छन् ।

मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको प्रहरीले जनाएका छन् । प्रिन्स जर्ज काउन्टीमा सोमबार सडक पार गर्ने प्रयास गर्दा मारिने ती महिला दोस्रो व्यक्ति हुन्, प्रहरीले भने।

प्रहरीका अनुसार ती महिलालाई सपर्स स्थित चिकित्सा केन्द्र (मेडिकल सेन्टर ड्राइभ)बाट पार गर्न खोज्दा साँझ ७ बजेभन्दा अगाडि कार(सवारी साधन )ले ठक्कर दिएको थियो ।

मेरिल्याण्ड ल्यान्डओभरकी ४० वर्षीया प्रसाईको नजिकैको अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

महिलालाई ठक्कर दिने गाडीका चालक ठक्करपछि फरार भएका छन् । अन्वेषकहरूले चालकको खोजी गरिरहेका छन् भने घातक दुर्घटना हुनु अघि के भयो भनेर पत्ता लगाउन प्रयास गरिरहेका छन्।

अनुसन्धानकर्ताले खड्कालाई ठक्कर दिने सवारी साधन बरामद गरेपनि चालक भने पक्राउ परेका छैनन् । घटना पछि केही घण्टा सम्म अनुसन्धानको लागि बाटो बन्द गर्नु परेको थियो ।

यस घटना बारेमा केही जानकारी छ भने सहयोग गर्न समेत प्रिन्स जर्ज काउन्टी प्रहरीले समुदायलाई आग्रह गरेको छ । सोमबार पैदलयात्री सडक पार गर्ने क्रममा भएको यो दोस्रो घातक दुर्घटना हो ।

प्रहरीका अनुसार ८५ वर्षीय होजे गुआनुना आन्द्राङ्गोको साँझ ५ः१५ बजे मार्लबोरो पाइक र बुनेस लेन पार गर्ने क्रममा मृत्यु भएको थियो । उक्त दुर्घटनामा संलग्न एसयुभी जातको सवारी साधनका चालक घटनास्थलमा नै रहेको र अनुसन्धानकर्ताहरूसँग काम गरिरहेको समाचार स्थानीय पत्रिकाले जनाएको छ ।

स्व प्रसाईको पार्थिव शरीर नेपाल पठाउनको लागि पारिवारिक सल्लाह भै नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले अहम भूमिका निर्वाह गरि रहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिल शहरका सन्तोष प्रसाईले जानकारी दिए ।

स्व प्रसाई आईओएममा कार्यरत थिइन् भने आईओएम अन्तरगत दुई महिना अगाडी अफगानिस्तानबाट अफगानी शरणार्थीहरुसंगै अमेरिका काम गर्न आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर