मैले भन्याजति केही काम नगर्ने कसम खाएका कारण ओली बालुवाटारबाट बालकोट पुगे : अध्यक्ष प्रचण्ड — OSNepal

मैले भन्याजति केही काम नगर्ने कसम खाएका कारण ओली बालुवाटारबाट बालकोट पुगे : अध्यक्ष प्रचण्ड

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमालेका केपी शर्मा ओलीले आफु्ने भनेको नमान्दा बालुवाटारबाट बालकोट पुगेको बताएका छन् ।

बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आफूले जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा नगरिदिएकोले बालुकोट पुगेको भन्दै ओली खलनायक भएको बताएका छन् ।

आफुले नायक भनेर दुई पटक प्रधानमन्त्री बनाएको खलानायक परेको भन्दै अध्यक्ष प्रचण्डले भनेका छन् ।

‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिस्टहरुलाई एक गरेपछि देशमा राजनीतिक स्थायित्व होला। छिटोछिटो विकास होला। सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईपटक प्रधानमन्त्री बनाएँ। तर नायक होइन, खलनायक परेछन्। मैले जनताको अगाडि बोलेको छ भने, प्रचण्डलेको बोलेको नगर्ने कसम खाएछन्’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर