मोटरसाइकलमा हुईकिँदै गरेका महेश र उनको साथी बिचै बाटोमा परे प्रहरीको फन्दामा — OSNepal

मोटरसाइकलमा हुईकिँदै गरेका महेश र उनको साथी बिचै बाटोमा परे प्रहरीको फन्दामा

LC (KTM) November 23, 2021 0

दाङ ७ मंसिर । एक थान बाघको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडका सहित दुई जना रहेका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा२. प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घोराही उपमहानगरपालिका-१६ गडुवाबाट उक्त छालासहित दुई जनालाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर