मोदीद्धारा कृषि कानुन फिर्ता , अभिनेता सोनू सूद भन्छन्– अद्भुत खबर , धन्यबाद मोदी — OSNepal

मोदीद्धारा कृषि कानुन फिर्ता , अभिनेता सोनू सूद भन्छन्– अद्भुत खबर , धन्यबाद मोदी

LC (KTM) November 19, 2021 0

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार गुरु पर्वको अवसरमा देशका किसानहरुलाई ठुलै उपहार दिएका छन् । लामो समय देखी बिबादित बनिरहेको तीन कृषि कानुन लाई फिर्ता लिने मोदीले घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा संबोधन गर्दै यो घोषणा गरेका हुन् । मोदीको यो घोषणा संगै किसान तथा यस कानुनको बिरोध गरिरहेकाहरु एकदमै खुशी भएका छन् ।

बलिउडका सेलिब्रेटीहरुले समेत मोदीको यो फैसलाको स्वागत गरेका छन् भने किसान लाई बधाई दिएका छन् । सोनू सूद, गुल पनाग, तापसी पननु, रिचा चड्डा लगायतले कृषि कानुन फिर्ता लिएकोमा प्रतिक्रिया जनाएका छन् । तापसी पन्नुले पीएम मोदीले कृषि कानुन फिर्ता लिएको खबर शेयर गर्दै लेखेकी छिन्– गुरु पर्वको अवसरमा सबैलाई बधाई छ ।

त्यस्तै ऋचा चड्डाले बधाई दिदै लेखेकी छिन्– तपाईहरुले जित्नु भयो । तपाईहरुको जित नै सबैको जित हो । त्यस्तै सोनू सूदले ट्वीट गर्दै लेखेका छन्– यो एकदमै अद्भुत खबर हो । मोदी जी लाई धन्यबाद । किसानलाई पनि बधाई जस्ले शान्तिपुर्ण रुपमा बिरोध प्रर्दशन गर्दै आफ्नो माग उठाउनुभयो । आशा छ तपाईहरु खुशी खुशी आफ्नो परिवार संग गूरु पर्वको मौकामा रमाईलो गर्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर