काठमाडौं-चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक जुटेको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यसै साता मौद्रिक नीतिको समीक्षा गर्ने गरी तयारी गरिएको छ । यस विषयमा बैंकले सरोकारवालासँगको छलफल सकेको छ ।
मौद्रिक नीतिमार्फत लिइएका नीतिको कार्यान्वयन अवस्था र त्यसको प्रभावलाई हेरेर तीन/तीन महिनामा राष्ट्र बैंकले समीक्षा गर्ने र आवश्यकतालाई हेरर आवश्यक सुधार गर्ने काम राष्ट्र बैंकले गर्छ ।