म्याग्दीमा गाउँपालिकाको १५ लाख र प्रदेश सरकारको आठ लाख बजेटमा सडक निर्माण सुरु गरियो — OSNepal

म्याग्दीमा गाउँपालिकाको १५ लाख र प्रदेश सरकारको आठ लाख बजेटमा सडक निर्माण सुरु गरियो

LC (KTM) December 28, 2021 0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गादेखि देउराली हुँदै पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा जाने सडक निर्माण गरिँदै । गाउँपालिकाको रु। १५ लाख र प्रदेश सरकारको रु। आठ लाख बजेटमा सडक निर्माण गर्न लागिएको हो ।

रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प-तनहुँको शुक्लागण्डकी नगरपालिका–३ तपरगाउँका युवा व्यवसायी दिपेन्द्र पौडेलले गाउँ फर्किएर रिसोर्ट सञ्चालन गर्नुभएको छ । दुलेगौडा बजारमा अफसेट प्रेस सञ्चालन गर्दै आउनुभएका पौडेलले गाउँ छाडेको १७ वर्षपछि पुनः गाउँ फर्किएर टपरी रिसोर्ट सञ्चालन गर्नुभएको हो ।

उजाडिएको गाउँमा सम्भावना देखेर पौडेलले रिसोर्टमा रु ५० लाख लगानी गरेको बताउनुभयो । पूर्वाधार थप गर्न बाँकी नै रहेकाले लगानी बढ्ने उहाँले जानकारी दिनुभयो । सुविधा खोज्दै सहर पस्दा गाउँ रित्तिएको र रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प बोकेको पौडेलले बताउनुभयो ।

“बस्ती रित्तिएर गाउँघर उराठ लाग्ने भएको थियो, घरहरू भत्कँदै थिए । बारी बाझिएर जङ्गल बन्दैथ्यो”, उहाँले भन्नुभयो, “गाउँको सम्भवानालाई उजागर गर्न सक्नुपर्छ भनेर गाउँ फर्किएर रिसोर्ट सञ्चालन गरेको हुँ ।” युवाहरू सहर केन्द्रित हुने नभई गाउँमै सम्भावनाको खोजी गर्नुपर्ने पौडेलले बताउनुभयो ।

सहरको कोलाहल र धुवाँधुलोबाट मुक्त हुँदै आनन्द लिनका लागि रिसोर्ट उपयुक्त हुने विश्वास गरिएको छ । पृथ्वीराजमार्गस्थित शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा छ किमी दूरीमा रिसोर्ट पुग्न सकिन्छ । पौडेलले पुख्र्यौली पाँच रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्नुभएको छ । रिसोर्टमाा स्थानीय अग्र्यानिक उत्पादनलाई बढावा दिइने बताइएको छ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई लोभ्याउने पौडेलले बताउनुभयो ।

रिसोर्टको पूर्वाधार थपसँगै अब अग्र्यानिक उत्पादनमा जोड दिने पौडेलले बताउनुभयो । “त्यसका लागि २०० रोपनी जमिनमा अग्र्यानिक तरकारी खेती गर्ने तयारी गरेको छु, तरकारी खेतीका लागि अन्य दुई साथीसँग सहकार्यको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

पढाइ, जागिर र सुविधा खोज्दै सहर झर्नेको लर्कोले गाउँ रित्तिदै गएका बेला आफू गाउँ फर्किएको बताउँदै पौडेलले भन्नुभयो, “गाउँको एक दर्जन परिवारले थातथलोलाई चटक्कै माया मारेर सुविधा भएको ठाउँ रोजे । वर्षौँदेखि रित्तिएको गाउँका घर ढले, खेतबारी बाझिए । गाउँ छाड्ने लहर चलिरहेका बेला उकालो चढेर रित्तिएको बस्तीमा फर्कने चेष्टा गरेको छु”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर