म्याद सकिएको नारायणी पुलमा प्रतिनिधि र सर्वसाधारणले खचाखच, क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम — OSNepal

म्याद सकिएको नारायणी पुलमा प्रतिनिधि र सर्वसाधारणले खचाखच, क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम

LC (KTM) November 26, 2021 0

भरतपुर, १० मंसिर -नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ । यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ।

नारायणाी नदीमाथिकाे याे पुल ४२० मिटर लामाे छ । याे पुल २०३७ सालमा निर्माण भएकाे थियाे । यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए ।

तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ । महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ । यसैबीच झापा र कंचनपुरबाट महाधिवेशनका लागि हिडेका प्रतिनिधि र सर्वसाधारण अझै आइपुगेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर