म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित — OSNepal

म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित

LC (KTM) November 21, 2021 0

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । आज भएको खेलमा सिटीले एभर्टनमाथि तीन शुन्यको जित निकालेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ, रोड्री र बेर्नार्डो सिल्भाले एक एक गोलको योगदान दिएका थिए । खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा रोड्री र ८६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई तीन शुन्यको सहज जित दिलाएका हुन् ।जितसँगै सिटीले १२ खेलमा २६ अंक जोड्न सफल भएको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । एभर्टन १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर