म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृ्त्यु, दर्जनाैं घाइते — OSNepal

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृ्त्यु, दर्जनाैं घाइते

LC (KTM) December 06, 2021 0

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जनाै‌ं घाइते भएका छन् । घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ । म्यानमारकाे व्यावसायिक राजधानी यांगुनमा सेनाकाे एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुकाे मृत्यु भएकाे हाे । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गाेली प्रहार गरेकाे थियाे ।

फेब्रुवरीमा सेनाकाे कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीकाे मृत्यु भएकाे छ भने हजाराैंलाइ जेल हालिएकाे छ । पछिल्लाे प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।

प्रदर्शनकारीमाथि ट्रक चलाइएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएकाे सरकारकाे दाबी छ ।

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गाेली चलाउँदा ठूलाे संख्यामा प्रदर्शनकारीकाे मृत्यु हुन थालेपछि अ‌ाजभाेलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायाेजना गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर