म कुनै सुन्दरताका कारण फिल्ममा टिकेकी होइन:अभिनेत्री करिश्मा मानन्धर — OSNepal

म कुनै सुन्दरताका कारण फिल्ममा टिकेकी होइन:अभिनेत्री करिश्मा मानन्धर

LC (KTM) September 03, 2021 0

नेपाली चलचित्र क्षेत्रमा सदाबहार सुन्दरीको उपमा पाईरहने नायिका हुन् करिश्मा मानन्धर । उनी अहिले पनि उत्तिकै सुन्दरी रहेकी छिन् । एकताका करिश्मा मानन्धरको फिल्म हेर्न मरिहत्ते गर्थे । उनको सुन्दरताले सबैको मन लोभ्याएको थियो हिजो र आज पनि उत्तिकै जवान देखीन्छिन् करिश्मा ।

तर उनलाई कहिले काहि सुन्दरताकै कारण फिल्ममा आएकी हुन् भन्ने आरोप लागि रहने गरेको छ । तर यो बिषयमा उनले कुनै टिप्पणी गर्न चाहेकी थिईनन् । तर शनिबार ‘अमिरा ब्युटी केयर’ को उद्घाटन कार्यक्रममा पुगेकी उनले यस आरोपका बिषयमा जवाफ दिएकी छिन् । उनको सौन्दर्यताको बिषयमा उक्त कार्यक्रममा पनि चर्चा भएपछि प्रसंगबस उनले यो बिषयमा टिप्पणी गरेकी हुन् ।

सुन्दरताकै कारण आफू फिल्ममा अहिले सम्म टिकेको भन्ने कुरामा उनले कुनै सत्यता नरहेको दाबी गरिन् । उनले यस बिषयमा टिप्पणी गर्दै भनिन् फिल्म क्षेत्रमा मैले लामो समय सम्म बिताएको छु । यो अवसर कमैले मा पाउँछन् । यो सबै मेरो आफ्नो मेहनत र अभिनय क्षमताकै कारण भएको हो ।

उनी यतिमा मात्र रोकिइन् उनले आफुले आफैलाई भाग्यमानी कलाकार भएको बताउँदै आफ्नो सौन्दर्यताका कारण अभिनय लाई ओझेलमा कहिल्यै पर्न नदिएको समेत सुनाईन् । तर उनले यति भन्दै गर्दा आफ्नो अभिनय क्षमताको पनि बचाउन गर्न भ्याईन् । उनले उक्त कार्यक्रममा आफ्नो अभिनय क्षमता औसत भएको बताइन् । उनले सुन्दरता धेरै लामो समय सम्म टिक्न नसक्ने भन्दै फिल्म लाईनमा अभिनयले टिकिने पनि जिकिर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर