यसकारण आफ्नी छोरीलाई अमेरिका पठाउन चाहान्छन् शाहरुख — OSNepal

यसकारण आफ्नी छोरीलाई अमेरिका पठाउन चाहान्छन् शाहरुख

LC (KTM) October 25, 2021 0

एजेन्सी । इस्टाग्राममा तस्विर पोष्ट गरेकै भरमा नायिकाहरुभन्दा चर्चित बनेकी शाहरुखकी छोरी सुहानाको सुन्दरताले सदवाहार रुपमा चर्चा पाउँदै आएको छ । सामाजिक संजालमा तस्विर पोष्ट गरे लगत्तै भाइरल हुने सुहानालाई तत्कालै चलचित्रमा ल्याउने सोचमा न शाहरुख छन् न त सुहाना नै ।

हालैमात्र ग्रयाजुएसन उत्तिर्ण गरेकी शाहरुखकी जवान छोरीले बलिउडमा डेब्यु गर्न लागेको हल्ला चलिरहेको समयमा बाबु छोरीले नै यस विषयमा खुल्स्त पार्दै तत्कालै सुहानाले फिल्ममा काम गर्ने संभावना नभएको स्पष्ट पारेका छन् ।

सुहानाको बलिउड डेब्युलाई लिएर सुहानाको ‘बेस्ट फ्रेण्ड’ आनन्या पाण्डेले अभिनयमा नआई अभिनय सिक्ने तयारी गरिरहेको बताइन् । त्यसमाथी अर्को ठूलो रहस्य खोल्दै अनन्याले भनिन् सुहाना फिल्ममा तत्काल नआई अध्ययनका लागी अमेरिका जान लागेको बताइन् । उनी अध्ययन सकेर फर्किएपछि बल्ल अभिनयमा लाग्ने सोच बनाएको अनन्याले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर