यसकारण तनाबमा छिन् बलिउड अभिनेत्री करिना कपुर — OSNepal

यसकारण तनाबमा छिन् बलिउड अभिनेत्री करिना कपुर

LC (KTM) November 25, 2021 0

बलिउडकी बेबो भनेर चिनिएकी अभिनेत्री करीना कपुर खान हरेक चिज एकदमै महंगो र सुबिधायुक्त नै खोज्ने गर्छिन् । उनले लगाउने कपडा देखी लिएर चढ्ने सवारी साधन समेत एकदमै महंगो हुने गरेको छ । यसैक्रममा उनको लक्जरी कार ‘पोर्श बक्सस्टर’ प्रहरीले जफत गरेको छ । उनको लक्जरी कार ‘पोर्श बक्सस्टर’ कार केरला प्रहरीले जफत गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

केरला प्रहरीले उक्त कार अभिनेत्री करिनाकै नाममा दर्ता भएको बताएको छ । उनको यो कार एक जना ५२ वर्षिय ठग मोनसन मावुंकल संग रहेको बताइएको छ । करिनाको यो कार पछिल्लो एक हप्तादेखि प्रहरीले खोज्दै गरेका ति व्यक्तिको भएको आशंका गरिएको छ । मोनसन मावुंकललाई ठगीको आरोपमा प्रहरीले खोजी गरिरहेको छ । अहिले प्रहरीले करीनाको नाममा रहेको उक्त कारको कागजात सही वा होइन भनेर जाँच गरिरहेको छ ।

तर पनि उनको नाममा कार रहेको देखिए पछि उनलाई यी ठग संग जोडेर पनि प्रहरीले अनुषन्धान भने गरिरहेको छ । प्रहरीका अनुसार ति ठगले करिब १० वर्षमा दुलर्भ चीजहरुको नाममा करोडौंलाई ठगी गरेको आरोप रहेको छ । उनै आरोपितबाट बरामद भएको २० ओटा कारहरु मध्ये एउटा यही पोर्शे बक्सटर थियो । घटनाका बिषयमा प्रहरीले अनुषन्धान तिब्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर