यसकारण सम्बन्धविच्छेद गरेका रहेछन् नागा र सामन्थाले — OSNepal

यसकारण सम्बन्धविच्छेद गरेका रहेछन् नागा र सामन्थाले

LC (KTM) November 15, 2021 0

काठमाडौँ । साउथ फिल्मका चर्चित नायक नागा चैतन्य र नायिका सामन्था रुथ प्रभु अन्तत एकअर्कासँग सँगै नबस्ने भन्दै छुट्टीएका छन् । उनीहरुको सम्बन्धमा पूर्ण विराम लागेसँगै अनेकन अड्कलबाजीहरु भएका बेला उनीहरुको सम्बन्धविच्छेदको प्रमुख कारण सामन्था पछिल्लो समय फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध भएको बताइएको छ ।

यो जोडीको डिर्भोस हुनुको खास कारण फेसन डिजाइनर साथी प्रितम जुकालकर नै भएको भारतीय मिडियाहरुल्े दाबी गरिरहेका छन् । यसअघि नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका कारण सामन्थाले डिर्भोसको निर्णय लिएको बताइएको थियो ।

गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । सामन्था र नागाको यो निर्णयले सामन्थाका पिता जोसेफ र नागाका पिता तथा अभिनेता नागार्जुनले ‘दुःखित’ बनेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर