यसरी क्रिकेट मैदानमा उत्रिए नायक शाहिद कपुर , २ बर्ष पछि आयो जर्सीको ट्रेलर — OSNepal

यसरी क्रिकेट मैदानमा उत्रिए नायक शाहिद कपुर , २ बर्ष पछि आयो जर्सीको ट्रेलर

LC (KTM) November 23, 2021 0

फिल्म कबीर सिंहको सफलता पछि फ्यानहरुलाई शाहिद कपुरको फिल्मको एकदमै धेरै प्रतिक्षा रहेको थियो । आखिरमा २ बर्ष पछि दर्शक तथा फ्यानहरुको प्रतिक्षाको घडी समाप्त भएको छ । शाहिदको अपकमिंग फिल्म जर्सीको ट्रेलर २३ नोभेम्बर अर्थात आज बेलुका रिलीज भएको छ । यस फिल्ममा शाहिद पहिलो पटक एक क्रिकेटरको अवतारमा देखिदैछन् ।

भारतमा उसै त क्रिकेटलाई धर्म र क्रिकेटरलाई भगवान मानिने गरिएको छ । यसैक्रममा शाहिदको यो फिल्म उनका फ्यानहरु संगै समस्त क्रिकेटप्रेमीहरुका लागि समेत रहेको छ । फिल्मको ट्रेलरमा शुरुवातमै शाहिद तथा मृणाल झगडा गर्दै गरेको देख्न सकिन्छ । जसमा एक बच्चाको पिता शाहिद आर्थिक रुपमा एकदमै कमजोर रहेको देख्न पाईन्छ । उनले आफ्नो छोरालाई क्रिकेटरको रुपमा देख्न चाहेको हुन्छ । यिनै आरोह अवरोहका बीचमा फिल्मको कहानी बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर