यसरी बनाउनुहोस् मुखै रसाउने स्वादिष्ट च्याउको अचार (विधिसहित) — OSNepal

यसरी बनाउनुहोस् मुखै रसाउने स्वादिष्ट च्याउको अचार (विधिसहित)

LC (KTM) November 22, 2021 0

काठमाडौं । च्याउको तरकारी मात्रै होइन अचार पनि बनाएर खान सकिन्छ । अचारबिनाको भान्सा खल्लो पनि धेरैलाई लाग्न सक्छ । नेपालीहरुले प्रायः सबै चिजको अचार बनाएर खान जानेका हुन्छन् । अचार विभिन्न फलफूल तथा तरिकारीको बनाउन सकिन्छ। तरकारीको रुपमा अत्यन्तै मन पराउने च्याउको पनि अचार स्वादिष्ट हुन्छ।

च्याउको अचार बनाउन च्याउ, हरियो खुर्सानी, अदुवा, लसुन, तीलको धुलो, खुर्सानीको धूलो, जिरा धनियाँको धूलो, कागतीको रस, नुन, बेसार र मेथी आवश्यक पर्छ ।

च्याउको अचार बनाउने विधि
एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि मेथी फुराउने। अब त्यसमा अदुवा, लसुन, हरियो खुर्सानी राखेर एकैछिन फ्राई गर्ने। त्यसपछि त्यसमा च्याउ राख्ने र हल्का खैरो नहुन्जेल फ्राई गर्ने। अब त्यसमा बेसार, जिरा धनियाँ पाउडर, खुर्सानी र नुन राखेर चलाउने र केही छिन पकाउने। त्यसपछि त्यसमा तीलको धूलो र कागतीको रस राखेर राम्रोसंग चलाउने र पकाउने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर