काठमाडौँ- बलिउडका चर्चित महानायक अभिनेता हुन् अमिताभ बच्चन । उनले बलिउडमा एक छत्र राज गरेको ५० वर्ष पुगेको छ । उनका फ्यान बलिउडमा मात्र नभइ विश्वभर रहेका छन् । निजी जीवनलाई लिएर हालै अमिताभले ब्लगमा केही कुरा खुलासा गरेका छन् । उनका अनुसार उनका पिता जाति प्रथाविरोधी थिए ।
उनको पिताको जन्म कायस्थ परिवारमा र थर श्रीवास्तव थियो । यही कारण पिताले थर बच्चन राखेको अमिताभले बताएका छन् । उनले यहि कारणले आफ्नो थर प्रति गर्व रहेको बताएका छन् ।
उनले अगाडी भनेका छन् । मातापिताले सल्लाह गरेरै मलाई स्कुलमा भर्ना गर्ने समय फारममा मेरो थर बच्चन लेखिदिए । अन्ततः सोही नै परिवारको थर रह्यो ।’ उनी अहिले पनि बलिउडमा उत्तिकै चर्चामा रहेका छन् ।