यस्ता छन् तरुल खानुका अचुक फाइदै फाइदा — OSNepal

यस्ता छन् तरुल खानुका अचुक फाइदै फाइदा

LC (KTM) January 14, 2022 0

काठमाडौ-तरुल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने तरकाली हो । यसको स्वाद निकै मिठो हुने गर्दछ ।

विशेष गरेर तरुरलाई मागे सक्रान्तिमा खाने चलन छ यो एउटा कन्दमुल हो । तरुरको महत्व भनेको माघ महिनामा हुने गर्दछ । माघ महिना सुरु भएसँगै बजारमा तरुलको माग एकदमै बढेर आएको हुन्छ । कोही स्वादको लागि तरुल खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो ।

यस्ता छन् तरुल खानुका फाइदा छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ । तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर