यस्तो नगरौं भन्दा हातपात गर्न खोजियो : भीम रावल — OSNepal

यस्तो नगरौं भन्दा हातपात गर्न खोजियो : भीम रावल

LC (KTM) November 30, 2021 0

चितवन १४ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार डा. भीम रावलले आफुलाई भोट नगर्नु भन्दै बाँडेको पर्चा रोक्न खोज्दा हातपात गरेको आरोप लगाएका छन् ।

मतदान सकिएपछि सञ्चार माध्यमहरुसँग कुरा गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् ।

कुनै पनि समूहको सूची नबाँड्ने आचारसंहिता विपरित भोट नहाल्नु भनेरसमेत पर्चा बाँडिएको प्रति आपत्ती जनाएका उनले भने, ‘यसरी बाँडिएको मध्ये एक रिमजति समातेर बुझाइयो। यस्तो नगरौं भन्दा हातपात गर्न खोजियो, यहाँ केही पर्यवेक्षकका नाममा छिरेको पाइयो। यसलाई पनि रोकियो।’

यस विषयमा रावलले निर्वाचन आयोगको ध्यानाकषर्ण समेत गराएका छन् । तथपी अहिले भने मतगणना सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर