यि चर्चित ब्यापारीको घरबाट १५० करोड बरामद, ६ वटा मेसिन मगाएर पैसा गनियो — OSNepal

यि चर्चित ब्यापारीको घरबाट १५० करोड बरामद, ६ वटा मेसिन मगाएर पैसा गनियो

LC (KTM) December 26, 2021 0

एजेन्सी- एक ब्यापारीको घरबाट १ सय ५० करोड नगद बरामद गरिएको छ । भारतको कानपुरस्थित आनन्दपुरीका एक व्यापारीको घरबाट उक्त रकम बरामद गरिएको भारतिय मिडियाले जनाएका छन् । आनन्दपुरीमा बस्ने कन्नौजका ठूला पफ्र्यूम व्यापारी पियुष जैनको घरबाट ३६ घण्टा लगाएर १ सय ५० करोड नगद बरामद गरेको समाचारमा जनाइएको छ । बरामद गरिएको उक्त १५० करोडलाई ठूलो कन्टेनरमार्फत् स्टेट बैंक लगिएको बताइएको छ ।

सुन्दा अझै अचम्म लाग्ला आईटी विभागले व्यापारी जैनको घरबाट बरामद गरेको उक्त पैसा गन्नका लागि ६ वटा बैंकहरुबाट ६ वटा मेसिन नै मगाउनु परेको थियो । य करोडौं रुपैयाँ बरामद हुन थालेपछि इन्कम ट्याक्सको टिमलाई पनि सूचना दिइएको थियो ।

त्यसपछि दुवै टोलीले ब्यापारी पियुष जैनको घरमा ३६ घण्टासम्म छापा मारेको थियो । छापा मार्ने क्रममा पैसाको २१ वटा बाकस फेला पारेको हो ।पियूष जैन समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर