यि हुन मेकअप हटाउने सरल तरिका — OSNepal

यि हुन मेकअप हटाउने सरल तरिका

LC (KTM) November 18, 2021 0

काठमाडौ सुन्दर हुन जो कोही व्यक्तिलाई मन लाग्छ । मेकअप बिना मानिसको सौन्दर्य त्यति चम्केको हुदैन । अझ बढी त कुनै पाटि विवाहमा महिलाको मेकअपलाई धेरै प्राथमिकता दिइने गरिन्छ ।

सौन्दर्यका लागि हरेक महिलाले कुनै न कुनै किसिमको मेकअप गरेकै हुन्छन्  तर, सौन्दर्यमा भूमिका खेल्ने मेकअप लामो समयसम्म अनुहारमा रहँदा त्यसले छालामा समस्या पार्न सक्छ ।

सबैभन्दा पहिले आँखाको मेकअप हटाएर मात्रै अन्य मेकअप फाल्नतिर लाग्नुपर्छ । बेबी आयल कुनै नरम कपडामा चोबेर आँखाको मेकअप हटाउँदा राम्रोसँग हट्छ । यसले आँखा सुक्खा हुनबाट पनि बचाउँछ ।

मेकअपमा प्रयोग गरिएका कलर कस्मेटिक हटाउन क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । मेकअप सफा गरेपछि टोनर अनिवार्य प्रयोग गर्नुपर्छ । यस्ता उपाए अपनाउदा लामो समय देखिको मेकअपबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर