यि ३ खेलाडी चम्किदा रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित — OSNepal

यि ३ खेलाडी चम्किदा रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

LC (KTM) January 10, 2022 0

काठमाडौं, २६ पुस-सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ ।आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेपछि तीन अंकसहित ११औँ जित निकालेको हो ।

१० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १-१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १-१ गोल गरे ।

खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो । जितपछि युभेन्ट्सले २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर