यी अभिनेतासंग डेट गर्न चाहन्छिन् शाहरुख खानकी छोरी सुहाना, के पुरा होला सपना — OSNepal

यी अभिनेतासंग डेट गर्न चाहन्छिन् शाहरुख खानकी छोरी सुहाना, के पुरा होला सपना

LC (KTM) January 09, 2022 0

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानका हरेक गतिविधि सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आउने गरेका छन् । बलिउड फिल्मदेखि टाढा नै रहेकी उनको फ्यान फलोइङ भने कुनै अभिनेत्रीको भन्दा कम छैन । यसै होला उनका हरेक गतिविधि सार्वजनिक हुने गरेका । शाहरुखले सुहानाले अध्ययन पूरा गरेर मात्रै बलिउडमा डेब्यू गर्ने यस अघि नै बताइसकेका छन् ।

यसैक्रमा सुहाना थिएटरमा निकै सक्रिय छिन् । उनै सुहानाले हालै आफूले डेटिङ गर्न चाहेका व्यक्तिको बारेमा बताएकी छिन् । इन्स्टाग्राम अकाउन्टमा उनलाई यदि कसैलाई डेट गर्न चाहेमा को सँग डेटमा जानुहुन्छ भन्ने प्रश्नमा सुहानाले ती व्यक्तिबारे बताएकी हु्न् ।

सुहानाले इन्स्टाग्रामा च्याटमा साउथ कोरियन पप गायक, मोडल तथा अभिनेता किम जुन म्योन अर्थात सूहोलाई डेट गर्न चाहेको बताएकी छिन् । सुहानाले किमको एउटा तस्बिर पोष्ट गर्दै उनीसँग डेटमा जान चाहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर