युरोपियन छनोट खेलमा बराबरीमा रोकियो नेदरल्यान्ड, अंक बाँड्न बाध्य — OSNepal

युरोपियन छनोट खेलमा बराबरीमा रोकियो नेदरल्यान्ड, अंक बाँड्न बाध्य

LC (KTM) November 14, 2021 0

काठमाडौं – दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड कतार विश्वकप तथा युरोपियन छनोट खेलमा बराबरीमा रोकिएको छ ।शनिबार राति भएको समूह ‘जी’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोसँग २-२ गोलको बराबरी खेलेकाे हाे ।नेदरल्यान्डले मेम्फिस डिपाएको गोलमा २-० को अग्रता बनाएका थियो । खेलको २५ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका मेम्फिसले ५४ मिनेटमा दोस्रो गोल गरेका थिए ।

तर, घरेलु टोली मोन्टेनेग्रोका इलिजा भुकोटिक र निकोला भुजनोभिकले खेल बराबरी पुर्‍याए । इलिजाले ८२ मिनेटमा गोल गरे भने निकोलाले खेलको ८६ मिनेटमा बराबरीगोल गरेका थिए । समूह ’जी’ कै अन्य खेलमा टर्कीले जिब्राल्टारलाई ६–० गोल अन्तरले पराजित गर्दा नर्वे र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

नवौं चरणको खेलसँगै २० अंक बनाएको नेदरल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप सम्भावना कायम राखेको छ । समान १८ अंक बनाएको टर्की दोस्रो स्थानमा रहँदा गोल अन्तरका आधारमा नर्वे तेस्रो स्थानमा छ । मोन्टेनेग्रो १२ अंक सहित चौथो स्थानमा रहँदा लात्भिया पाँचौ स्थानमा छ भने जिब्राल्टार पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर