यो मितिमा आउने भयो नेपाली र हिन्दी भाषामा डबिङ गरिएकोचलचित्र ‘प्रेम गीत ३’ — OSNepal

यो मितिमा आउने भयो नेपाली र हिन्दी भाषामा डबिङ गरिएकोचलचित्र ‘प्रेम गीत ३’

LC (KTM) December 01, 2021 0

काठमाडौं । निर्देशकरनिर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमा आउने भएको छ । नेपाली र हिन्दी भाषामा डबिङ गरिएको यो चलचित्र आगामी फागुन १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक÷निर्माता सेनले सामाजिक सञ्जालमार्फत् चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

कोरोना कहरका कारण दुई वर्षअघि २८ चैतमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र बन्दाबन्दीका कारण रोकिएको थियो । चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेता क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ । सौयै दैनिकमा खबर छ । यसैगरी अभिनेता सुनिल थापा, अभिनेत्री लक्ष्मी वर्देवा, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, योगिशा खत्री, अनुभव रेग्मी, जीवन भट्टराई लगायतका कलाकारको समेत अभिनय छ ।

छेतेन गुरुङको कथा रहेको यस चलचित्रमा इतिहास र सामाजिक विषयलाई उठाइएको छ । चलचित्रको कथासमेत लेखेका गुरुङको केही समयअघि निधन भएको थियो । ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र शिवरात्री र ग्याल्पो ल्होसारको छेको पारेर प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर