रक्सी पिउन पैसा माग्दा नदिएपछि.... — OSNepal

रक्सी पिउन पैसा माग्दा नदिएपछि….

LC (KTM) December 27, 2021 0

भारतको मध्य प्रदेशको खाण्डवा जिल्लामा एक व्यक्तिले लिभ इन रिलेसनसिपमा बसेकी आफ्नी प्रेमिकाको नाक बन्चरोले काटिदिएका छन् । ती महिलाको एउटै गल्ती थियो कि उनले रक्सीका लागि दुई सय रुपैयाँ मागेपछि उनले दिन अस्वीकार गरेकी थिइन् । यो घटना खण्डवाको बामन गाउँको हो।

घटनाकी ३५ वर्षीया महिला सोनु आफ्ना प्रेमी लवकुशसँग दुई वर्षदेखि लिभ इन रिलेशनशिपमा बस्दै आएकी थिइन् ।सोनुका श्रीमानको आठ वर्षअघि मृत्यु भएको थियो । खेतबारीमा काम गरेर कुनै न कुनै रुपमा जीविकोपार्जन गरिरहेकी थिईन् सोनु । उनका प्रेमी लवकुश मदिरा सेवन गरेर सधै बस्ने गरेका थिए भने कामधन्दा समेत केहि गर्दैन थिए ।

शनिबार बिहान मादक पदार्थ सेवन गरी सोनुसँग मदिरा पिउन भनेर फेरि पैसा मागेका थिए । सोनु आफ्नो दैनिक मजदुरीका लागि खेत जाँदै थिईन् । यहि मौका छोपेर उनका श्रीमान्ले सोनुले पैसा दिन अस्वीकार गरेपछि रिसो झोकमा लवकुशले बञ्चरोले नाक काटेका थिए । छिमेकीको सहयोगमा सोनुलाई अस्पताल लगिएको खाण्डवा सिटी कोतवालीका इन्चार्ज बलजितसिंह बिसेनले बताए । त्यहाँ उपपचारपछि उनी अहिले खतरामुक्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर