रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व तथा नोबल शान्ति पुरस्कार विजेता डेसमण्ड टुटुको निधन — OSNepal

रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व तथा नोबल शान्ति पुरस्कार विजेता डेसमण्ड टुटुको निधन

LC (KTM) December 26, 2021 0

जोहान्सबर्ग ११ पुस- दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेल्नु भएका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ ।नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमार्फत पुष्टि गर्नु भएको छ ।

राष्ट्रपति रामाफोसाले उनको मृत्यु ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताउनु भएको छ । उहाँले “स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुले अग्रस्थानमा रहेर सहयोग गर्नु भएको उहाँ बताउनु भएको छ । नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहनु भएको थियो ।

सन् १९८४ मा नोबल शान्ति पुरस्कार दिइएका टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बन्न्ु भएको थियो । अश्वेत जातीका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहनु भएको तर जीवनभर उनले आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताउनुभएको थियो । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर