रनबीर सिंह क्रिकेटरको रुपमा रहेको चलचित्र ८३ को ट्रेलर सार्वजनिक — OSNepal

रनबीर सिंह क्रिकेटरको रुपमा रहेको चलचित्र ८३ को ट्रेलर सार्वजनिक

LC (KTM) November 30, 2021 0

भारतले पहिलो पटक बिश्वकप क्रिकेट जितेको कथामा आधारीत फिल्म ८३ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । यस फिल्ममा बलिउड अभिनेता रनबीर सिंहले यस फिल्ममा मुख्य भुमिकाका देखिएका छन् । यो चलचित्रमा भारतले १९८३ मा वेष्ट इन्डिजलाई फाइनलमा हराएर विश्वकप जितेको कथा रहेको छ ।

उक्त बिश्वकपमा मुख्य खेलाडीको रुपमा रहेका कपिल देवको श्रीमतीको रुपमा अभिनेत्री दिपीका पादुकोण फिल्ममा देखिएकी छिन् । त्यस्तै यस चलचित्रमा अभिनेता पंकज त्रिपाठी भारतीय कोचको भुमिकामा प्रस्तुत भएका छन् ।

टाहिर राज बासिन, जिवा, साकिव सलिम, जतिन सर्नाको पनि चलचित्रमा मुख्य भुमिका देखिएका छन् । कबिर खानले निर्देशन गरेको चलचित्र डिसेम्बर २४ मा प्रदर्शनमा आउनेछ। भारतमा क्रिकेटमा आधारीत धेरै फिल्महरु निर्माण भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर